×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालको पहिलो बैंकको ‘कन्तबिजोग’अवस्था, नाफा उदेकलाग्दो, अधिकांश सूचकमा पनि ‘भीषण पहिरो’ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपालको पहिलो बैंकको ‘कन्तबिजोग’अवस्था, नाफा उदेकलाग्दो, अधिकांश सूचकमा पनि ‘भीषण पहिरो’ !

१७ श्रावण २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालको पहिलो बैंकको अवस्था ‘कन्तबिजोग’ देखिएको छ । बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफाका साथै अधिकांश सूचकहरु घटेसंगै यस्तो ‘कन्तबिजोग’ अवस्था देखिएको हो । आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा १८.७७% ले घटेर २ अर्ब ६१ करोड १९ लाख ८० हजार रुपैयाँ मात्र कमाएको विवरणमा उल्लेख छ । बैंकले गत वर्षको सोहि अवधिमा ३ अर्ब २१ करोड ५६ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।
यस्तै बैंकका दुई  महत्वपूर्ण सूचक बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि घटेको छ । यी दुई सूचक क्रमश ३.२६% र ६.१९% ले ओरालो लागेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । 
यता बैंकको सञ्चित नाफामा भने आकर्षक सुधार भएको छ । गत वर्ष ४३ करोड ७१ लाख सञ्चित नोक्सानमा रहेको यो बैंक यस वर्ष ३ अर्ब सञ्चित नाफामा रहेको छ ।
चौथो त्रैमासमा आइपुग्दा बैंकले चुक्ता पुँजी २१.९८% ले बढेर ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुर्याएको छ । बैंकको चुक्ता पुँजीमा वृद्धि भएतापनि खुद नाफामा ओरालो लागेकाले बैंकको प्रतिसेयर आम्दानी घटेको देखिन्छ । यस्तै प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८३ पैसाले घटेर २७ रुपैयाँ १५ पैसा भएको नेपाल बैंकको प्रतिसेयर नेटवर्थ भने ३०० रुपैयाँ ५ पैसा रहेको छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी