×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विप्लव नेतृत्वको नेकपाको बन्द : बनेपामा शक्तिशाली बम पड्कियो, ठाउँ-ठाउँमा एनसेलका टावर जलाइयो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

विप्लव नेतृत्वको नेकपाको बन्द : बनेपामा शक्तिशाली बम पड्कियो, ठाउँ-ठाउँमा एनसेलका टावर जलाइयो !

Artha Sarokar

१५ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । १५ गते बुधबार विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको विभिन्न जिल्ला बन्द आह्वानका क्रममा बनेपामा शक्तिशाली बम बिष्फोट भएको छ । बन्दको पूर्वसन्ध्यामा काभ्रेको बनेपा नगरपालिकास्थित बजार क्षेत्रमा मंगलबार राति बम विस्फोट भएको प्रहरीले जनाएको हो । बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै शक्तिशाली बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले पुष्टि गरेका छन् । विष्फोटपछि स्थानीय त्राहिमाम बनेका छन् भने सुरक्षा सतर्कता थप गरिएको प्रहरीले जनाएको छ । बम बिस्फोटको घटना पछि बुधबार बनेपा बजारमा बन्दको प्रभाव परेको छ । 

यता बन्दको पूर्व सन्ध्यामा मंगलबार राति पार्टीकै कार्यकर्ताले झापाको भद्रपुर र दमकस्थित एनसेलका दुईवटाटावरमा आगजनीको प्रयास घरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी अनुसार विप्लवका कार्यकर्ताहरुले एनसेलको टावरमाथि लक्षित गर्दै आगजनीको प्रयास गरेका हुन्।

आफ्ना नेता कार्यकर्तामाथिको सरकारले व्यापक दमन गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार काठमाडौँ उपत्यकासहित १५ जिल्ला बन्द आव्हान गरेको छ । विशेषगरी पार्टीका शक्तिशाली नेता तथा उपत्यका ब्युरो इन्चार्जसमेत रहेका माइला लामा गिरफ्तार भएपछि विप्लव नेतृत्वको पार्टीले बन्दको आव्हान गरेको हो । पार्टीले निकालेको विज्ञप्ति अनुसार १५ गते बुधबार उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बारा, पर्सा, रौतहट, चितवन, मकवानपुर, रामेछाप र दोलखा बन्दको आह्वान गरिएको छ ।

बन्दको अघिल्लो दिन नै ठाउँ-ठाउँमा मसाल जुलुस निकालिएकाले बुधबार विहान बन्दको प्रभाव देखिएको छ । विशेषगरी बन्दलाई केहि भव्य बनाउने उद्देशका साथ पार्टीले जिल्ला तोकेर बन्द गरेका हुनाले पनि बन्दको प्रभाव थप देखिएको छ । बुधबार काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बारा, पर्सा, रौतहट, चितवन, मकवानपुर, रामेछाप र दोलखासमेतमा शैक्षिक संस्थाहरु पूर्ण रुपमा चलेका छन् । सबैजसो स्थानमा सार्वजनिक यातायातहरु कम गुडेका छन् । 
बन्दकै पूर्वसन्ध्यामा काभ्रेको बनेपा नगरपालिकास्थित बजार क्षेत्रमा मंगलबार राति बम विस्फोट भएको प्रहरीले पुष्टी गरेको छ । बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै शक्तिशाली बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले पुष्टि गरेका छन् । यता बन्दको पूर्व सन्ध्यामा मंगलबार राति अज्ञात समूहले झापाको भद्रपुर र दमकस्थित एनसेलका दुईवटाटावरमा आगजनीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन्।

विप्लव नेतृत्वको नेकपाका काठमाडौँ उपत्यका ब्युरो इन्चार्ज माइला लामाको यो अन्तर्वार्ता हेर्नुहोस् जसलाई पक्राउ गर्नु आजको बन्दको मुख्य कारण रहेको पार्टीले जनाएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी