
काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले यो बर्षको ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट’ (बिपिए) अवार्ड एनआइसी एशिया बैंकलाई प्रदान गरेको छ । वाणिज्य बैंकतर्फ एनआइसी एशियाले उक्त अवार्ड प्राप्त गरेको हो । छनोट भएका वित्तीय प्रतिवेदनमध्ये सर्वोत्कृष्ट एनआइसी एशिया हुँदा क्रमश: दोश्रो र तेश्रो अर्थात फर्ष्ट रनरअप र सेकेन्ड रनर अप बिपिए अवार्ड एनएमबि बैंक र सिटिजन्स बैंकले पाएका छन् ।
एनएमबि बैंकमा गणेश पराजुली लगायतका सिए छन् भने बैंकको फाइनान्स हेडका रुपमा मृदुल पराजुली छन् । उनी एसीसीए सदस्य हुन् । यता सिटिजन्स बैंकमा भने प्रमेश राज कायस्थ सीएफओका रुपमा छन् । आज होटल र्याडिसनमा भएको एक भव्य कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा बैंकका प्रतिनिधिहरुले सो अवार्ड थापेका हुन् । अवार्ड पाएका तीनै वित्तीय प्रतिवेदनमा उल्लेख भएका ‘डिस्क्लोजर’को चौतर्फी प्रशंसा भएको थियो ।
यस्तै उत्पादन समूहतर्फ बुटवल पावर कम्पनी, सेवातर्फ ओरियन्टल (र्याडिसन) होटल र अन्य समूहतर्फ कर्जा सूचना केन्द्रले अवार्ड हात पारेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्