×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभकर विवाद अझौ सुल्झिएन, सरोकारवालाहरु मंगलबार पुन: बैठक बस्दै !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लाभकर विवाद अझौ सुल्झिएन, सरोकारवालाहरु मंगलबार पुन: बैठक बस्दै !

Artha Sarokar

७ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लाभकर विवादमा मन्त्रालयमा सहमति जुट्न नसकेपछि पुन: मंगलबार बैठक बस्दैछ । भारित औसत लाभकर गणनामा देखिएको समस्या समाधान गर्ने उदेश्यले सोमबार बसेको सरोकारवालाहरुको बैठक पनि निष्कर्षमा नपुग्दै टुंगिएको हो ।
यता अर्थ मन्त्रालयमा राजश्व सचिव लाल शंकर घिमिरेले सबै सरोकारवालाहरुलाई बैठक बोलाए पनि निर्णय भने केही हुन सकेको थिएन । सोही समस्या समाधानका लागि मंगलबार (आज) महालेखापरीक्षकको कार्यालय र आन्तरिक राजश्व विभागका प्रतिनिधि समेत राखेर पुन बैठक बोलाईएको बताईएको छ ।
मंगलबारको बैठकले भारित औसत लागत निर्धारणको लागि कट अफ मूल्य तोक्ने सम्भावना रहेको छ भने कट  मिति तोकिए हालको समस्या समाधान हुने नेप्से, धितोपत्र बोर्ड, सिडीएस र लगानीकर्ताले अपेक्षा राखेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी