काठमाडौं – नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा १३ करोड १४ लाख ५४ हजार रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ५३.२७% ले धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा संस्थाले ८ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ५४.५७% र ५४.८२% ले वृद्धि भएको छ । संस्थाको खुद नाफा २६ करोड ६४ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन नाफा २० करोड ८६ लाख ५७ हजार रुपैयाँ पुगेको छ ।
यो चौथौ त्रैमाससम्ममा संस्थाले निक्षेप ७२.१३% ले वृद्धि गरी १ अर्व २८ करोड ४० लाख ७७ हजार रुपैयाँ संकलन गरेको छ भने ३ अर्व ६६ करोड ५४ लाख २३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। यो कर्जा लगानी अघिल्लो वर्षको तुलनामा ५४% ले वृद्धि भएको छ। संस्थाको चुक्ता पुँजी १५ करोड ८ लाख ८३ हजार रुपैयाँ रहेको छ । यस अवधिमा रिजर्भ कोष ९६.३५% ले बढेर २४ करोड १२ लाख ३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष रिजर्भ कोषमा १२ करोड २८ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।
यो संस्थाको खराब कर्जा १.४३% रहेको छ। संस्थाको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८६ पैसाले बढेर ८७ रुपैयाँ १२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २५९ रुपैयाँ ८६ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्