×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनिवार्य प्यानको घोषणा भएको ४५ दिनमै १ लाख बढीले लिए स्थायी लेखा नम्बर, यस्तो छ प्यान लिने विधि !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अनिवार्य प्यानको घोषणा भएको ४५ दिनमै १ लाख बढीले लिए स्थायी लेखा नम्बर, यस्तो छ प्यान लिने विधि !

Artha Sarokar

७ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  अनिवार्य प्यानको घोषणा भएको ४५ दिनमै १ लाख बढीले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् ।
सरकारले आर्थिक वर्षको सुरुभएसँगै प्यान अनिवार्य गरेको थियो । तलव, ज्याला तथा अन्य सुविधालगायत लिनका लागि अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था सरकारले ल्याएको थियो । यो व्यावास्थापछी पछिल्लो ४५ दिनमा १ लाख बढीले प्यान लिएका छन् ।
आन्तरिक राजश्व विभागका अनुसार अहिलेसम्म लगभग २२ लाख बढीले प्यान लिइसकेका छन् भने पछिल्लो ४५ दिनमा मात्रै १ लाख प्यान लिएका छन् । दैनिक २ हजार बढीका दरले नयाँ प्यान वितरण भइरहेको छ ।  १००० भन्दा बढिको कारोबारमा अनिवार्य प्यान नम्बर लागू गरिएको हो ।  
यसरी लिनुहोस् स्थायी लेखा नम्बर 
आन्तरिक राजश्व कार्यालयको बेवसाइटमा रहेको ट्याक्सपेयर पोर्टलमा गएर अनलाइन फारम भरेर पनि लिन सकिन्छ र आफूलाई पायक पर्ने आन्तरिक राजश्व कार्यालयमा गएर समेत फराम भरी स्थायी लेखा नम्बर लिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी