Skip to content
LAXMI SUNRISE BANK

सिंहदरबारभित्र राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना, सभामुख कृष्णबहादुर महरा भन्छन्, ‘सर्भिस अलि स्लो छ, फाष्ट गर्नूस्’

अर्थ सरोकार

सिंहदरबारस्थित संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सोमबार एक कार्यक्रमका बीच सो परिसरमा स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालयको उद्घाटन गर्नु भएको हो । 
त्यस अवसरमा उहाँले संघीय संसदका सांसद, कर्मचारी सबैलाई बैंकिङ सेवा दिने उद्देश्यका साथ सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले एटीम सेवासहितको शाखा कार्यालय स्थापना गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई धन्यवाद दिनु भएको थियो । उहाँले सांसदहरुले सरकारी बैंक नै स्थापना गर्न माग गरेपछि सरकारको पहलमा सो बैंक संसद सचिवालय परिसरमा स्थापना भएको पनि स्मरण गराउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले ६ महिना भित्र आफ्नो सबैलाई प्रभावकरी ढंगले संचालन गर्ने योजना तय गरेको जानकारी दिनु भएको थियो । उहाँले बैंकले आफ्नो सेवालाई प्रभावकारी बनाउन नयाँ जनशक्ति र प्रविधिको विकासमा जोड दिईरहेको पनि बताउनुभयो ।
राष्ट्रिय वाणिज्य बैंकले देशका सबै जिल्लाहरुमा आफ्नो शाखा कार्यालय विस्तार गरिसकेको छ । सभामुख महराले राष्ट्रिय वाणिज्य बैंकले नेपालको अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान दिईरहेको पनि बताउनु भयो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK