Skip to content
LAXMI SUNRISE BANK

आँधिखोला लघुवित्तको ४ लाख कित्ता आइपीओ सोमबार बाँडफाँट हुँदै

अर्थ सरोकार

काठमाडौं – आँधिखोला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओ सोमबार (असार ३० गते) बाँडफाँट हुने भएको छ । संस्थाको आइपिओ बाँडफाँट सोमबार बिहान ९ः३० बजे बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा बाँडफाँट हुने तय भएको हो । 
आइपीओमा कुल ५४ करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परेकोे छ । बिक्री प्रबन्धकका अनुसार कुल ३ लाख ८ हजार ४१४ जनाले ५४ लाख ५७ हजार ३४० कित्ताका लागि आवेदन दिएका छन् । यस आधारमा अन्तिम तथ्यांक हेर्दा माग भन्दा १४.५५ गुणा बढी आवेदन परेको देखिन्छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK