
काठमाडौं । बिग मर्जरको ‘फर्स्ट ब्रेक’को खबर छ । ग्लोबल आइएमइ बैंक र जनता बैंक आपसमा मर्ज हुने भएका छन् । मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीत्रमा सेयर स्वाप रेसियो ८५ प्रतिशत रहने उल्लेख छ । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। होटेल सांग्रिलामा उक्त हस्ताक्षर भएको हो । ग्लोबल आईएमई बैंकको तर्फबाट सुदर्शन कृष्ण श्रेष्ठलाई मर्जर कमिटीको संयोजक तोकिएको छ भने जनता बैंकको तर्फबाट गौतम प्रसाद खनाल सह संयोजक रहने छन्।
मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ । सञ्चालकमा दुई जना जनता बैंकबाट आउने सहमतिपत्रमा उल्लेख छ । प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन्ब बहने रिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन् ।
मर्जर कमिटीका लागि ग्लोबल आईएमई र जनता बैंकको तर्फबाट ३/३ जना गरि ६ सदस्यीय संयुक्त मर्जर कमिटी गठन भएको छ । मर्जर सम्झौता पश्चात दुबै बैंकको आइतबारदेखि शेयर कारोबार रोकिने भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्