×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बिमा कम्पनी को १ करोड ६० लाख कित्ता आइपीओ आउने, हेर्नुहोस् यस्तो छ रेटिङ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल पुनर्बिमा कम्पनी को १ करोड ६० लाख कित्ता आइपीओ आउने, हेर्नुहोस् यस्तो छ रेटिङ

१३ असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल पुनर्बिमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीको उक्त आइपिओ जारी गर्न क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले नेपाल पुनर्बिमाको आइपीओलाई औसत अवस्था भन्दा माथिल्लो आधार जनाउने ‘ग्रेड २’ रेटिङ दिएको छ । 
यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीले आइपीओका लागि रेटिङ गराए पनि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाएपछि आइपीओ खुला प्रक्रिया सुरु हुनेछ । नेपाल पुनर्बिमा कम्पनी सन् २००३ मा स्थापना भएको कम्पनी हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी