×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले यस बर्ष धान तथा रोपाई दिवसको मुल कार्यक्रम बर्दियामा गर्ने (भिडियो रिपोर्ट)

PRIME CA

सरकारले यस बर्ष धान तथा रोपाई दिवसको मुल कार्यक्रम बर्दियामा गर्ने (भिडियो रिपोर्ट)

११ असार २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सरकारले यस बर्ष धान दिवस तथा रोपाई दिवसको मुल कार्यक्रम बर्दियामा गर्ने भएको छ । कृषि विभाग अन्तर्गत गठित सोहै राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मूल आयोजक समितिले बुधबार विभागमा पत्रकार सम्मेलन गरि यसबर्षको धान दिवस बर्दियामा गर्न लागिएको जानकारी गराएको हो । यस बर्षको धानदिवसको मूल कार्यक्रम बर्दियाको राजापुर नगरपालिका, वडा नम्बर ८ धोविनीपुरमा गरिने भएको छ । यस बर्ष धान दिवसको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चाम आयातमा न्यूनीकरण’ तय गरिएको छ । पत्रकार सम्मेलनमा चालु आर्थिक बर्ष २०७५/७६ मा धानको उत्पादन अहिले सम्म कै उच्च भएको जानकारी पनि गराईयो । महाशाखाका निमित्त महानिर्देशक एवं सौहै राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मूल आयोजक समितिका अध्यक्ष डाक्टर रेवती रमण पौडेलले अघिल्लो बर्षको तुलनामा करिब ९ प्रतिशतले वृद्धि भई ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको जानकारी दिनुभयो ।
धान नेपालको मुख्य खाद्यान्न बाली हो । मनाङ्ग र मुस्ताङ्ग बाहेक सबै जिल्लामा धान खेती हुदै आएको छ । नेपालमा मौसमको आधारमा चैते धान, बर्षे धान, भदैया धान, घैया धान र बोरो (हिउँदे) को रुपमा धान खेती गर्ने गरिन्छ । खेती गरिने कूल क्षेत्रफलको ४८ दशमलब ३ प्रतिशत जमिनमा धान खेती गरिदै आएको छ । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: