×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव भारतीय नागरिकले पनि नेपालमा अडिट गर्न पाउने, विरोधका वावजुत पनि एजेन्डा आइक्यानको काउन्सिलबाट पास

PRIME CA

अव भारतीय नागरिकले पनि नेपालमा अडिट गर्न पाउने, विरोधका वावजुत पनि एजेन्डा आइक्यानको काउन्सिलबाट पास

११ असार २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र दी इन्ष्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ इन्डिया (आइसीएआइ)बीच १ जुलाईमा हुने एमआरए आइक्यानको काउन्सिलबाट पास भएको छ । एमआरएका केहि बुँदाहरुलाई लिएर बजारमा चरम असन्तुष्टी पोखीदा पनि अन्तत: एमआरएका बुँदाहरु हुबहु काउन्सिलबाट पास भएको हो । आइक्यान र आइसीएआइबीच हुन लागेको एमआरएमा आइक्यानका सिएहरुले भारतमा भारतीय कानुन र भारतीय कर विषयको परिक्षा दिएपछि आइसीएआइको सदस्य हुन पाउने सहमति छ । 
यस्तै भारतबाट सिए उतिर्णहरुले पनि नेपालमा नपाली कानुन र नेपाली करको परिक्षा दिएपछि आइक्यानको सदस्य हुन पाउनेछन् । आइक्यानले पनि आइसीएआइको आर्टिकलशिपलाई पूर्ण रुपमा मान्यता दिनेछ भने भारतले पनि नेपालको आर्टिकलशिपलाई मान्यता दिएर दुइ विषयको परिक्षा दिएपछि आइसीएआइको सदस्यता दिनेछ । योसँगै आइक्यानले ल्याएको ‘एक बर्षे आर्टिकलशिप’को नीति पनि खारेज हुने भएको छ । 
तर एमआरएमा उल्लेख भएको सहमति अनुसार नेपाली सिएले भने भारतको सीओपी लिने पाउने छैनन् । भारतबाट सिए उतिर्ण गरेकाले भने नेपालको ल र ट्याक्स विषयको परिक्षा दिएपछि सदस्य भएसँगै सीओपी लिन पाउनेछन् । एमआरए अनुसार अव कुनै पनि भारतीय नागरिक सिएले नेपाली नागरिक सिएको ५१ प्रतिशत शेयर भएको फर्ममा पार्टनरशिप गर्न पाउनेछ । तर नेपालको सिएले भारतमा सिए फर्म खोल्न पाउने छैनन् ।
चार्टड एकाउन्टेन्ट सुरेन्द्र श्रेष्ठको नोट अफ डिसेन्टसहित उक्त एमआरए गर्ने प्रस्ताव काउन्सिलबाट पास भएको हो । आइक्यानका एक काउन्सिल सदस्यले उक्त एमआरए पास भएको पुष्टी गरे । ‘सबै कुरा पहिला नै तय भएको रहेछ । एजेन्डा आयो, पास भयो । सुरेन्द्रजीले नोट अफ डिसेन्ट लेख्नुभयो ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: