×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्त वित्तीय संस्थाको १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो, कहाँ जाने भर्न ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेरुडे लघुवित्त वित्तीय संस्थाको १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो, कहाँ जाने भर्न ?

Artha Sarokar

१० असार २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेरुडे लघुवित्त वित्तीय संस्थाले मंगलबार अर्थात आजदेखि १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी खुला गरेको छ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् भने असार १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् । नेरुडेले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९६ रुपैयाँ तोकेको छ । 
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले उक्त मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ । उक्त सेयर लिलामी बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी