Skip to content
LAXMI SUNRISE BANK

गुठी विधेयकको विरोधमा उपत्यका बन्द आह्वान !

अर्थ सरोकार

काठमाडौँ । गुठी विधेयकको विरोधमा उपत्यका बन्द आह्वान गरिएको छ । विश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समितिले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरिएको जानकारी गराएको हो। 
असार २ गते सो विधेयक फिर्ता लिन माग गर्दै देशैभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, असार ३ गते सो विधेयकको विरोधमा पशुपतिनाथ मन्दिर परिसरमा विरोध सभा आयोजना गर्ने, असार ४ गते देशका सबै मठमन्दिरमा १० मिनेट घन्टा बजाउने लगायतका विरोधका कार्यक्रम तय गरिएको छ। 
हिन्दू धर्मसँग सम्बन्धित संघ, संस्थाले सरकारले क्रिश्चियन धर्मलाई संरक्षण गरिरहेको भन्दै आपत्ति जनाउँदै आएका थिए।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK