×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान पेन्सन कार्यक्रम बजेटमा समावेश नगरेकोमा कृषि तथा पशुपंक्षी विकासमन्त्री खनाल असन्तुष्ट

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

किसान पेन्सन कार्यक्रम बजेटमा समावेश नगरेकोमा कृषि तथा पशुपंक्षी विकासमन्त्री खनाल असन्तुष्ट

Artha Sarokar

२७ जेष्ठ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा बजेट कम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ । 
आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको बजेट कम भएको भन्दै मन्त्री खनालले असन्तुष्टि व्यक्त गर्नु भएको हो । उहाँले बजेट कम भएकै कारण चालू आर्थिक वर्षमा पनि किसानहरुको माग अनुसार मलको आपूर्ति गर्न नसकिएको पनि स्पष्ट पार्नुभयो । आईतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले किसान पेन्सन कार्यक्रम बजेटमा समावेश नगरिएको गुनासो पनि गर्नु भयो । ‘किसान बर्गीकरण कार्यक्रम अन्तरगत किसानलाई पेन्सन दिने प्रस्ताव गरिएको थियो’, मन्त्री खनालको भनाई थियो,‘तर त्यसलाई बजेट वक्तव्यमा समावेश गरिएन ।’
मन्त्री खनालले सरकारले आगामी २ वर्ष भित्र दुध, माछा र खसी, बोकामा मुलुकलाई आत्मनिर्भर बनाउने गरी आवश्यक कार्यक्रम तय गरिएको दावी पनि गर्नु भयो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी