×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारको हातेसाङ्लो प्रदर्शनी (भिडियो रिपोर्ट)

PRIME CA

मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारको हातेसाङ्लो प्रदर्शनी (भिडियो रिपोर्ट)

२६ जेष्ठ २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुले हातेसाङ्लो बनाउदै प्रर्दशन गरेका छन् । नेपाल पत्रकार महासंघको आयोजनामा सनिबार राजधानी काठमाण्डौको बबरमहलमा पत्रकारहरु भेला भएर मानवसाङलो सहितको प्रर्दशन गरि मिडिया काउन्सिल विधेयकको विरोध गरेका हुन् । आखामा कालो पट्टी बाँधेका पत्रकारहरुले स्वतन्त्र प्रेसको पक्षमा नाराबाजी गरेका थिए । पत्रकारहरुको हातेसाङलो बबरमहल देखि बानेश्वर सम्म पुगेको थियो । हातेसाङ्लो कार्यक्रममा पत्रकार महासंघका पुर्व पदाधिकारी, विभिन्न संचारगृहका सम्पादक, पत्रकारहरुको उल्लेख्य सहभागिता थियो । पत्रकार महासंघका पुर्व अध्यक्ष सुरेश आचार्यले पत्रकार महासंघ वार्ताका लागि तयार रहदा पनि सरकारले वेवास्ता गरेकाले आफुहरु स्वतन्त्र प्रेसका लागि सडक संघर्षमा उत्रनुपरेको बताउनुभयो । स्वतन्त्रप्रेसका लागि विगतमा पनि अन्तराष्ट्रिय मिडिया मिसन नेपाल आएको सन्र्दभ उल्लेख गर्दे उहाँले आवश्यक परे अहिले पनि बोलाईने बताउनुभयो ।
प्रेसलाई अंकुश लगाउने गरि सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै संचारकर्मी, मानवअधिकारकर्मी लगायतले विरोध गर्दे आएका छन् । पत्रकार महासंघले त विधेयकको विरोधमा चरणवद्ध कार्यक्रम गर्दे आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मिडिया काउन्सिल विधेयकको विरोध गरको छ । हेर्नुहोस् भिडियो:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: