
धनगढी । कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सेती अञ्चल अस्पतालमा हावाहुरीका कारण ११ जना भन्दा बढी घाइते भएका छन् । धनगढीसँगै जोडिएको डोकेबजारमा हावाहुरीले उडाएको ग २ प ८७२० नम्बरको पिकअप महिन्द्रा जीपका चालक र सहचालक दुबैजना घाइते छन् । कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरी नेतृत्वको प्रहरी टोलीले दुबैजनाको उद्धार गरी सेती अञ्चल अस्पताल पुर्याएको छ ।
हुरीले रुखहरु ढालेको छ भने घरका छानाहरु उडाएको छ । हुरीका कारण डेढ दर्जन बढी घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले थप मानवीय क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिएका छन् ।
यता कञ्चनपुरमा पनि हुरीको व्यापक प्रभाव परेको छ । हुरीका कारण घाइते भएका ८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अहिले हुरी रोकिएको छ भने पानी परिरहेको छ । हुरीबाट एक बैंकर पनि घाइते भएका छन् । एक वाणिज्य बैंकको कंचनपुर शाखामा काम गर्ने बैंकरको शरीरमा चोट लागेको छ ।
कैलाली र कञ्चनपुरमा अहिलसम्मकै ठूलो बेगको हावाहुरी आएको अनुमान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्