
काठमाडौं । प्राइम कमर्शियल बैंकले कन्काइ विकास बैंकलाई एक्विजिसन (प्राप्ति) गर्ने सहमतिको हस्ताक्षर कार्यक्रममा पराइमका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काइका अध्यक्ष सेवक दाहालले भाषण गर्दै इन्जेगमेन्ट र विवाहको प्रसङ्ग उठाए । एक्विजिसन सम्झौतामा हस्ताक्षर गर्दै प्राइम बैंकका अध्यक्ष श्रेष्ठले कन्काइ विकास बैंकसँग आज इन्गेजमेन्ट भएको र अब छिट्टै दुलही बनाएर भित्र्याउने बताए । यस्तै कन्काइ विकास बैंकका अध्यक्ष दाहालले छोरीलाई जस्तै मायाँ गरेर हुर्काएको कन्काइ विकास बैंक प्राइमलाई जिम्मा लगाउन लागिएको बताए ।
दुइ बैंकका अध्यक्षमध्ये एक जना अध्यक्षले ‘आज इन्गेजमेन्टको काम सकिएको छ, अब राष्ट्र बैंक गएर संयुक्त कारोबारको अनुमति ल्याउँछौं अनि छिट्टै दुलही बनाएर भित्र्याउँछौं,’ भन्दा अर्को बैंकका अध्यक्षले ‘हामीले छोरी जस्तै गरेर हुर्काएको यो बैंक प्राइमलाई जिम्मा लगाउँदै छौं,’ भने । मानौं यहाँ विवाह चलिरहेको छ । कन्काईका अध्यक्षले छोरी जिम्मा लगायौं के प्रसङ्गमा कसरी जोडे उनैले जानुन् । तर आफु बैंक चलाउन नसकेर अरुलाई जिम्मा लगाउने र त्यसलाई छोरीको संज्ञा दिनु राम्रो भएन ।
के बैंकजस्तै छोरीलाई त्यसरी नै बिदा गर्ने हो र ?
के छोरीलाई चाहिं जिम्मा नै लगाउनु पर्ने हो र ?
कन्काई आफु सक्षम नभएर अरुमाँ बिलिन हुँदैछ । त्यो पनि आफ्नो अस्तित्व नामेट गरेर । आफु सक्षम नभएर अरु बैंकलाई जिम्मा लगाउने अनि छोरी जिम्मा लगायौं भन्ने ? के छोरी सक्षम नभएकै कारण अरुलाई जिम्मा लगाउने हो र ? के जिम्मा लगाएपछि छोरीको अस्तित्व हुँदैन र ? तपाईंको बैंकको त अव अस्तित्व नै हुँदैन । माफ गर्नुहोस्, छोरीको जीवन तपाईंले टिप्पणी गरेजस्तो तल्लो स्तरको हुँदैन ।
आफुले काम गर्न नसकेपछि अरुको भरमा बैंकलाई बिलिन गराएजस्तै हो र छोरीको जीवन ? होइन, हुँदै होइन । बैंकका अध्यक्षले छोरीलाई हेर्ने नजर परिवर्तन गर्नुपर्छ । अर्कोतर्फ कन्काईले विभिन्न कर्मचारीलाई दुख दिएको, शोषण गरेको खबर केहि समय अगाडी सार्वजनिक भएको थियो । यस्तो गलत काम गर्ने संस्थालाई छोरीसँग जोड्न मिल्छ र ?
छोरी भगवान हुन् । त्यसैले छोरीको सम्मान गरौँ । जे कुरामा पनि छोरीको उदाहरण दिनुभन्दा अघि सोचौं । यसरी आफु असक्षम भएर अरुलाई जिम्मा लगाएको बैंक छोरी हुन सक्दिनन् ।
प्राइम बैंकका अध्यक्षले पनि बोल्दा बिचार पुर्याएको राम्रो । सानो, कमजोर संस्थालाई वा गाभिन आएको संस्थालाई छोरी भन्नु ठिक भएन । के दुलही कमजोर भएका कारण वा आफु असक्षम भएका कारण दुलही भएर आउने हो र ? सोच बदलौँ । छोरी शक्ति हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्