काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार बाँडफाँट हुने भएको छ । संस्थाको आइपिओ बाँडफाँट कार्यक्रम बिक्री प्रबन्धक सिभिल क्यापिटलको केन्द्रीय कार्यालयमा बिहान १० बजे बाँडफाँट हुने तय भएको छ ।
संस्थाको उक्त आइपीओमा ६८ लाख ४ हजार कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार अन्तिम दिन सम्ममा कुल ३ लाख ३२ हजार ९७५ जनाले ६८ करोड ४ लाख रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यस आधारमा इन्फिनिटीको आइपीओमा माग भन्दा १०.८० गुणा बढी कित्ताका लागि आवेदन परेको देखिन्छ ।
कम्पनीले जेठ १३ गते देखि १६ गते सम्म कुल ६ लाख ७४ हजार कित्ता सेयर खुला गरेको थियो । यसमध्ये ३३ हजार ७०० कित्ता म्युचुअल फन्डहरुलाई दिइएको छ । यसैगरी, १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्