काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई एक्वायर गर्ने भएको छ । बैंकले फाइनान्सलाई १००ः३३ सेयर स्वाप रेसियोमा एक्वायर गर्न लागेको हो । फाइनान्सको आइतबार बसेको सञ्चालक समिति बैठकले संयुक्त मर्जर कमिटिको सिफारिसलाई आधार मानेर उक्त स्वाप रेसियो अनुमोदन गरेको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिन लागेको जेबिल्स फाइनान्सका सेयरधनीले आफ्नो सेयर संख्यामा आधा भन्दा बढी अर्थात ६७ प्रतिशत घुमाउने भएका छन् । एक्वायरपछि जेबिल्स फाइनान्सको १०० कित्ता सेयर हुनेले नेपाल इन्भेष्टमेन्टको ३३ कित्ता पाउने भएका छन् । एक्विजिसन प्रक्रियामा रहेकाले हाल जेबिल्सको सेयर कारोबार रोक्का रहेको छ । नेप्सेमा फागुन २८ गतेदेखि जेबिल्सको सेयर कारोबार रोकिएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्