काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकको २० लाख कित्ता ऋणपत्र बिक्री गर्न भएको छ । बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरमा २० लाख कित्ता ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । बैंकले बिक्री गर्ने ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १२ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक १०.५% ब्याजदर तोकिएको छ । बैंकले ‘१०.५% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने (इक्रएनपी) एलए प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्