×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता लघुवित्तको २००% हकप्रद सेयर आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

समता लघुवित्तको २००% हकप्रद सेयर आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

५ जेष्ठ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – समता लघुवित्त वित्तीय संस्थाले २००% हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाले १ः२ अनुपातमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । उक्त सेयर बिक्रीमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
बोर्डले अनुमति दिएपछि हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ । समताले हालै वितरण गरेको ६.६६% बोनस सेयरपछि कायम हुने ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीको २००% हकप्रद जारी गर्न लागेको हो । यो हकप्रदपछि पुँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी