काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफा ५ करोड ६५ लाख ८८ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ४१.०३% ले धेरै हो । गत वर्ष यसले ४ करोड १ लाख २४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
गुराँसको खुद बिमा शुल्क २६.१४% ले बढेर १ अर्ब १२ करोड १ लाख ६२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद बिमा शुल्क ८८ करोड ७९ लाख ७९ हजार रुपैयाँ थियो । चैत मसान्तसम्म यस इन्सुरेन्सले २१ करोड ६५ लाख ८७ हजार रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने ५६ लाख ७० हजार रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी ८४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ भने जगेडा कोष २३ करोड १७ लाख ३० हजार रुपैयाँ जम्मा भएको छ । जीवन बिमा कोष ३५.०८% ले वृद्धि गरी ५ अर्ब २१ करोड ८१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बिमा कोषमा ३ अर्ब ८६ करोड २९ लाख ४८ हजार रुपैयाँ थियो । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७६ पैसा रहेको गुराँस लाइफको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्