काठमाडौं – सिभिल बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ४९ करोड ३८ लाख ९२ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ४७.२०% ले धेरै हो । गत वर्ष यसै अवधिमा बैंकले ३३ करोड ५५ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि भएको छ । जसले गर्दा खुद नाफा वृद्धि गर्नमा पनि टेवा पुर्याएको देखिन्छ। बैंकको खुद ब्याज आम्दानी ७०.१९% ले बढेर १ अर्ब ५७ करोड ३६ लाख ५१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ९२ करोड ४६ लाख ९५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा पनि २८.२३% ले बढेको छ । सञ्चालन नाफा ५९ करोड ७१ लाख ६६ हजार रुपैयाँबाट बढेर ७६ करोड ५७ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले निक्षेप ३९ अर्ब ९२ करोड ७९ लाख ७२ हजार रुपैयाँ संकलन गरी कर्जा ४१ अर्ब ४१ करोड २० लाख २९ हजार रुपैयाँ लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ६३ करोड ९९ लाख ९५ हजार रुपैयाँ जम्मा भएको छ ।
बैंकको खराब कर्जा भने ३.९६% रहेको छ भने प्रतिसेयर आम्दानी २ रुपैयाँ ७४ पैसाले घटेर ६ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ०१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्