×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘को बन्छ करोडपति’मा राजीवले जीते एक करोड !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘को बन्छ करोडपति’मा राजीवले जीते एक करोड !

२९ बैशाख २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । को बन्छ करोडपतिमा राजीव जैनले एक करोड रुपैयाँ जितेका छन् । उनी यो संस्करणका पहिलो करोडपति हुन् ।  २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो ? भन्ने प्रश्नको उत्तर मिलाएर उनी करोडपति बनेका हुन् । दिइएका ४ अप्सनमध्ये पहिलो अप्सनलाई चुनेका उनले अन्तत: एक करोड रुपैयाँ जितेका हुन् ।
सानैदेखि निकै मेधावी जैनले एमबिए गरेका छन् । एक वा दुइ पटक हेर्दैमा फोन नम्बरसमेत कण्ठ गर्ने राजीवले को बन्छ करोडपतिमा हरेकजसो प्रश्नमा आफ्नो लजिकसहित उत्तर दिएका थिए । ३ लाख २० हजार रुपैयाँ जितीसकेपछी कि एक करोड जित्छु कि ३ लाख ५० हजार लिएर जान्छु भन्ने घोषणा कार्यक्रममै गरेका उनी अन्तत एक करोड रुपैयाँ जितेका हुन् । आफ्ना परिवारका सबैजसो सदस्यको उपस्थितिमा को बन्छ करोडपति खेल खेलेका उनलाई एक करोड रुपैयाँ जितेपछि नेपाली ढाका टोपी, टिका, खदा र एक करोड रुपैयाँको सिभिल बैंकको चेकले सम्मान गरिएको छ ।

एक करोड रुपैयाँ जितिसकेपछि उनी त्यो रकमले विश्व भ्रमणमा जाने इक्षा राखेका छन् । अर्को साता को बन्छ करोडपतिमा पत्रकार रवि लामिछाने प्रस्तुत हुँदैछन् ।

यो पनि पढ्नुहोस् :
राजीव जैनले पाएको सिभिल बैंकको चेक नै नक्कली, सक्कली नै भएको भएपनि यसकारण साटिदैनथ्यो !

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी