काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ४५७.२३%ले वृद्धि गरी ६६ लाख ५९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले यहि अवधिमा ११ लाख ९५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ३.४१% र ४५७.१८% ले वृद्धि गरेको छ । गत वर्ष कर्णालीले ४ करोड ४१ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो त्रैमास बढाएर ४ करोड ५६ लाख ६९ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा १८ लाख ७८ हजार रुपैयाँबाट बढेर १ करोड ४ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ९८ करोड २९ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९४ करोड ३१ लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड १६ लाख १७ हजार रुपैयाँ जम्मा गरेको छ ।
यता, बैंकको खराब कर्जा १.५७% रहेकको छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ भने ११० रुपैयाँ २७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्