काठमाडौं – बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १३.९०%ले वृद्धि गरी ७५ करोड ८ लाख ७३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ६२ करोड ९२ लाख १४ हजार रुपेयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ०.३६% ले बढाएर ५२ करोड ९७ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीले गत वर्ष यसै अवधिमा विद्युत बिक्रीबाट ५२ करोड ७८ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको चुक्ता पुँजी २ अर्ब ४४ करोड ५ लाख ५५ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोष ५.१०% ले घटेर ४ अर्ब ३६ करोड १६ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा जगेडा कोष ४ अर्ब ५९ करोड ६४ लाख ६८ हजार रुपैयाँ पुगेको थियो ।
बुटवलको यस अवधिमा प्रतिसेयर आम्दानी ३० पैसाले घटेर ३० रुपैयाँ ७७ पैसामा आएको छ । चुक्ता पुँजी बढे अनुसार नाफा बढ्न नसक्दा कम्पनीको प्रतिसेयर आम्दानीमा सामान्य कमी आएको हो । गत वर्ष यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७ पैसा रहेको थियो । बुटवलको प्रतिसेयर नेटवर्थ यस अवधिमा २७८ रुपैयाँ ७१ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्