काठमाडौं – समिट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा ५०.०७% ले वृद्धि गरी ४ करोड २८ लाख ३९ हजार रुपैयाँ कामएको छ । गत वषको यसै अवधिमा २ करोड ८५ लाख ४६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ५०.०७%ले बढोत्तरी गरी ११ करोड २५ लाख १६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले ८ करोड १९ लाख १२ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा पनि ३७.३६% ले वृद्धि भएको छ । संस्थाको सञ्चालन नाफा ४ करोड ४८ लाख ५८ हजार रुपैयाँबाट बढाएर ६ करोड ७३ लाख १९ हजार रुपैयाँ पुर्याएको छ ।
यो चैत मसान्तसम्ममा संस्थाले ७३ करोड २९ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६० करोड ३४ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल संस्थाको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ भने जगेडा कोषमा ८ करोड ८२ लाख ८५ हजार रुपैयाँ जम्मा पारिसकेको छ ।
यता संस्थाको खराब कर्जा १.९५% रहेको छ भने प्रतिसेयर आम्दानी २० रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ४ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्