काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ९.०५% ले बढेर २ करोड २६ लाख ८ हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले २ कारोड ४८ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २७.१९% ले बढेको छ । गत वर्ष ७ करोड ८ लाख ४५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस वर्ष बैंकले बढाएर ९ करोड १ लाख ११ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा भने ६०.३७% ले घटेर ७० लाख २० हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष १ करोड ७६ लाख ७४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ६१ करोड १५ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ६५ करोड २७ लाख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ५२ करोड ३७ लाख ६५ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषमा ४ करोड ६ लाख ८ हजार रुपैयाँमा रहेको छ ।
यता, खराब कर्जा भने १.६८% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७५ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्