काठमाडौं – नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ मंगलबार बाँडफाँट हुने भएको छ । प्राप्त जानकारी अनुसार बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालय हात्तिसार, काठमाडौंमा बिहान ९ बजे आइपीओ बाँडफाँट हुने तय भएको छ ।
नेपाल एग्रो लघुवित्तमा ३ लाख १५ हजार ५९२ जना लगानीकर्ताले आवेदन दिएका छन् । लगानीकर्ताले ६४ लाख १ हजार ७३० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा ४२.३४ गुणा बढी आवेदन परेको छ । यसआधारमा ४.७९% आवेदकले मात्र यो आइपीओ पाउने देखिएको छ ।
नेपाल एग्रोले वैशाख ८ देखि ११ गतेसम्म १ लाख ६१ हजार ७७८ कित्ता सेयर निष्कासन गरेको हो । उक्त सेयरमध्ये ०.५% (२ हजार ४८९ कित्ता) कर्मचारी र ५% अर्थात ८ हजार ८९ कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीलाई छुट्याइएको छ । बाँकी रहेको १ लाख ५१ हजार २०० कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्