काठमाडौं – देवः विकास बैंकले ५.५% बोनस सेयर दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति २७२औँ बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट हाल कायम चुक्त पुँजीको ५.५% बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले बोनसमा लाग्ने कर तिर्न भने कुनै पनि नगद लाभांश दिएको छैन । यसर्थ, बोनसको कर सेयरधनी आफैले तिर्नुपर्ने भएको छ ।
हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५३ करोड ३६ लाख ८० हजार ३४८.३२ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि पुँजी २ अर्ब ६७ करोड ३० लाख ३२ हजार ७६७.४७ रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्