×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालय ऊर्जाको १४ लाख ८५ हजार कित्ता आइपीओ मंगलबार बाँडफाँट हुँदै

PRIME CA
GLOBAL IME BANK

हिमालय ऊर्जाको १४ लाख ८५ हजार कित्ता आइपीओ मंगलबार बाँडफाँट हुँदै

२९ चैत्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ८५ हजार कित्ता आइपीओ बाँडफाँट हुने भएको छ ।  प्राप्त जानकारी अनुसार कम्पनीले वैशाख ३ गते आइपीओ बाँडफाँट गर्ने भएको छ । यो आइपीओमा ५१ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कुल ७२ हजार ३७६ जनाले ५१ लाख ५९ हजार ८२० कित्ता सेयर भरेका हुन् । 
यसमा माग भन्दा ३.७८ गुणा बढी आवेदन परेको छ। लगानीकर्तालाई अधिकतम २० कित्तासम्म सेयर हात पर्ने भएको छ । कम्पनीले कुल १४ लाख ८५ हजार कित्ता सेयर निष्कासन गरेकामा ३% कर्मचारीलाई र ५% सामूहिक लागनी कोषलाई छुट्याइएको छ । बाँकी १३ लाख ६६ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: