×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंक जग्गा खरिद प्रकरण : कारवाहीको माग गर्दै लगानीकर्ताले राष्ट्र बैंक गुहारे (उजुरी पत्रसहित)

PRIME CA

नेपाल बंगलादेश बैंक जग्गा खरिद प्रकरण : कारवाहीको माग गर्दै लगानीकर्ताले राष्ट्र बैंक गुहारे (उजुरी पत्रसहित)

२८ चैत्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल बंगलादेश बैंक लिमिटेडको जग्गा प्रकरण नेपाल राष्ट्र बैंकसम्म पुगेको छ । बैंकको केन्द्रीय कार्यालय प्रयोजनको लागि भन्दै व्यापारी अजयराज सुमार्गीको मुक्तीश्री प्रालिको नाममा रहेको विशालनगरस्थित झण्डै ८ रोपनी जग्गा खरिदको विषयलाई लिएर सो को अनुसन्धानको माग गर्दै नेपाल राष्ट्र बैंकमा एसनारायण मुनको उजुरी परेको हो । यहि विषयलाई लिएर केहि समय अगाडी बैंकको बोर्डमा ठुलै चर्काचाकरी भएको थियो । जग्गाकै विषयलाई लिएर बैंकका संचालकलाई काठमाडौँको एलिस रेष्टुरेन्टमा एक सिएले हातसमेत हालेको खबर बाहिरिएको थियो । एक अर्बमा जग्गा खरिद गरेर भवन बनाउँदा पनि थप दुई अर्ब खर्च हुने हुँदा पूँजीको २५ प्रतिशत भन्दा बढि घरजग्गा खरिदमा खर्च लाग्ने भएकाले उक्त कार्य राष्ट्र बैंकको निर्देशन विपरित रहेको उजुरीकर्ताको दावी छ ।
बजारमूल्य अनुसार प्रति आना ५५ देखि ६० लाख पर्ने उक्त जग्गालाई ८० लाख आनामा खरिद गरिएका कारण २४ करोड भन्दा बढि घोटला भएको भन्दै राष्ट्र बैंकमा उजुरी परेको हो । यहि प्रकृतिको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चैत १८ गते परेको छ । बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलताको कमी भइरहेको अवस्थामा झण्डै एक अर्बको जग्गा खरिद गर्ने कार्य राष्ट्र बैंकको ऐन विपरित रहेको दावी गर्दै विभिन्न निकायमा उजुरी परेको हो । 
जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक घोटला भएको भन्दै सम्बन्धित सिलबन्दी बोलपत्रको मुचुल्का, उपसिमितिको बैठक तथा सञ्चालक समितिको सक्कली कागजपत्रहरुको जाँचबुझ गरी दोषीलाई तत्काल कारबाहीको माग गर्दै मुनले अख्तियार र राष्ट्र बैंकमा उजुरी गरेका हुन् । मुक्तीश्री प्रा.लि.को नाममा रहेको उक्त जग्गाको क्षेत्रफल ७–९–१–३ रहेको छ । सुमार्गीले प्रति आना ६० लाखमा उक्त जग्गा दिए पनि ८० लाखमा कारोबार भएको देखाउँदा करोडौं कमिसनको खेल भएको प्रष्ट देखिएको भन्दै बैंकका एक संचालकले बोर्डमै कुरा उठाएका थिए ।

यता अजय सुमार्गीको मुक्तिश्री कम्पनीले नेपाल बंगलादेश बैंकलाई ९५ करोड रुपैयाँमा जग्गा बिक्री गरेको छ।सुमार्गीले फ्रान्सेली राजदुतको नीजि निवास रहेको घरसहितको १९ रोपनी १२ आना जग्गा २०७१ सालमा ६३ करोड रुपैयाँमा किनेका थिए । ४ वर्षपछि ४ गुणा बढी मूल्य लिएर प्रति आना ७८ लाख रुपैयाँका दरले बिक्री गरेका हुन्। कित्ता नम्बर १४१ को ३२२६.८२ वर्गमिटर र कित्ता नम्बर ३१७ को ६२०.५० वर्गमिटर गरि ३८४७.३२ वर्गमिटर अर्थात ७.५६ रोपनी जग्गा बिक्री गरिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: