
सिमीकोट । हुम्ला जिल्लाको मध्यक्षेत्रमा रहेको चङ्खेली गाउँपालिकाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली बलेको छ । वडा नं ६ स्थित मेलछाम गाउँमा बत्ती बलेर उज्यालो देख्न पाउँदा यहाँका स्थानीयवासी खुसी भएका छन् । ४ वर्षअघि सुरु भएको खापरखोला लघुजलविद्युत् आयोजना सम्पन्न भएर शनिबारदेखि वडा नं ६ का सबै नागरिकले बाल्न पाएको स्थानीयवासी मक्कवीर बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोजनाका प्रबन्धक छक्कबहादुर मल्ल, इन्चार्ज करण बुढथापालगायतको टोलीले प्राविधिक पक्षमा मेहनत गरी गाउँलाई झिलिमिली बनाउन सफल भएको हो । अहिले वडा नं ६ का गाउँमा मात्रै बिजुली बलेको भए पनि आयोजनाको क्षमता बढाएर केही महिनापछि पूरै चङ्खेली गाउँपालिकाभरि सञ्चालनमा ल्याउने उहाँले बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्