आइपिओ नोटिस :
कम्पनी : युनियन हाइड्रोपावर
खुला भएको मिति : आज (बुधबार, चैत १३ गते)
कित्ता : ३४ लाख ६३ हजार ६५४ कित्ता
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ३५ हजार कित्ता
विवरण :
युनियन हाइड्रोपावरले ३४ लाख ६३ हजार ६५४ कित्ता आइपिओ भर्न समय लम्बिएको छ । युनियनले आइपीओ भर्ने समय छिटोमा आइतबार (चैत १७ गते) सम्म तोके पनि माग अनुसार आवेदन नपरेपछि म्याद लम्बिएको हो । यसमा हालसम्म २५ हजार ३०० जनाले २० लाख ६० हजार कित्ताका लागि मात्र आवेदन दिएका छन् । सर्वसाधारणलाई खुला गरेकोमध्ये अझै १४ लाख ३ हजार ६५४ कित्ता सेयरमा आवेदन पर्न बाँकी देखिन्छ । ।
युनियनले चैत १३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । कम्पनीको आइपीओ ढिलोमा वैशाख १२ गतेसम्म भर्न पाउने व्यवस्था रहेको छ । तर उक्त समयभित्र माग अनुसार आवेदन परेमा पूर्व सूचना दिएर बिक्री बन्द हुने जानकारी गराउने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

यसअघि कम्पनीले सर्वसाधारणका लागि २९ करोड १२ लाख ५५ हजार रुपैयाँको २९ लाख १२ हजार ५५० कित्ता आइपीओ निष्कासन गर्ने जनाएको थियो । युनियनले लमजुङ जिल्लाका आयोजना प्रभावितलाई ७ लाख ५० हजार कित्ता आइपीओ खुलेकोमा १ लाख २८ हजार २१९ कित्ताको लागिमात्र आवेदन परेको थियो । उक्त समयमा नबिकेको ६ लाख २१ हजार ७९० कित्ता समेतलाई जोडर ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर आइपीओ बिक्री गर्न लागेको हो ।
यसमा कर्मचारीहरुलाई २% अर्थात ७० हजार ६८६ कित्ता सुरक्षित गरिएको छ । यस आइपीओमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । यसमा आवदेन दिने म्याद चैत गतेसम्म १७ हुनेछ । सो अवधिमा सबै बिक्री नभएमा बैशाख १२ गतेसम्म भर्न पाइनेछ ।
आवेदन दिने ठाउँ :
लक्ष्मी क्यापिटल मार्केट, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
मेरो सेयरबाट पनि
कम्पनी प्रोफाइल :
जारी पुँजी : ७५ करोड रुपैयाँ