काठमाडौं – जेबिल्स फाइनान्सले १.२४% बोनस सेयर दिने घोषणा गरेको छ । फाइनान्सको बुधबार बसेको सञ्चालक समितिको १८७ औँ बैठकले हाल लिलामीमा बिक्री भइरहेको सेयरपछि कायम हुने चुक्ता पुँजीमा १.२४% बोनस सेयर र कर तिर्न ५ लाख २८ हजार २९ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।
फाइनान्सको लिलामी सेयर बिक्रीपश्चात चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्छ । हाल यसले ३ लाख ४० हजार ९५५.५० कित्ता संस्थापक सेयर लिलामी गरिरहेको छ । तसर्थ, लिलामी सेयर भर्ने लगानीकर्ताले पनि उक्त लाभांश पाउनेछन् ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्