काठमाडौं – नेपाल राष्ट्र बैंकले १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल मंगलबार निष्काशन गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल निष्काशन गर्न लागेको हो । बैंकले मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज (सोमबार) मध्याह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि ४ अर्ब ३ करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७६ साल असार १० गते परिपक्व हुनेछ ।
त्यस्तै, १८२ दिनको लागि जारी हुने ४ अर्ब ३० रुपैयाँको ट्रेजरी २०७६ असोज ७ गते परिपक्क हुनेछ । यता, केन्द्रीय बैंकले १ वर्ष अवधिका लागि जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी २०७६ चैत ११ गते परिपक्क हुनेछ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्