Skip to content
LAXMI SUNRISE BANK

हाइड्रोको सेयर भरेपछि प्रधानमन्त्री ओलीको ठट्टा, ‘क्याबिनेट मिटिङ भएकै बेलाचाहिं लोडसेडिङ…’ (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्रधानमन्त्री ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा जनताको जलविद्युत कार्यक्रम अन्तरगत त्रिशुली ‘बी’ जलविद्युत आयोजनाको १० हजार कित्ता सेयरका लागि आवेदन दिएका छन् । त्यसै अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले १० हजार, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले १ हजार, पूर्व सभामुख ओनसरी घर्तीले सो आयोजनामा २ हजार कित्ता सेयरका लागि आवेदन सिएका छन् । यो आवेदन सर्वसाधारणका लागि आगामी चैत्र ११ गतेसम्म जारी रहेनछ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो देश आफै बनाउने अभियान अन्तरगत जलविद्युतमा जनताको स–साना पूँजी संकलन गरेर ठूल्ठूला काम गर्न सकिन्छ भन्ने विश्वासका सो कार्यक्रम सुरु गरिएको स्पष्ट पारे । 
सेयर भरेपछि प्रधानमन्त्री ओलीले रमाइलो पनि गरे । उनले सेयर भर्नेबित्तिकै ‘यो डबल कहिले हुन्छ ?’ भन्न सम्म भ्याए । एक फरक प्रसङ्गमा उनले हाइड्रोकै सेयर भरेपछि ‘क्याबिनेट मिटिङ भएकै बेला लोडसेडीङ उल्का हुन्थ्यो’ भनेरसमेत हँसाए । हेरौं भिडियो :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK