Skip to content
LAXMI SUNRISE BANK

सेयरका लागि आवेदन दिएपछि केपी ओलीले के भने ? भिडियोमा हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधन जस्ताको त्यस्तै (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत कार्यक्रम अन्तरगत त्रिशुली ‘बी’ जलविद्युत आयोजनाको सेयर खरिद गरी बिहीबार जनताको सेयर आवेदन शुभारम्भ गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा जनताको जलविद्युत कार्यक्रम अन्तरगत त्रिशुली ‘बी’ जलविद्युत आयोजनाको १० हजार कित्ता सेयरका लागि आवेदन दिएका हुन् । त्यसै अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले १० हजार, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले १ हजार, पूर्व सभामुख ओनसरी घर्तीले सो आयोजनामा २ हजार कित्ता सेयरका लागि आवेदन दिनु दिएका छन् । यो आवेदन सर्वसाधारणका लागि आगामी चैत्र ११ गतेसम्म जारी रहेनछ । 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो देश आफै बनाउने अभियान अन्तरगत जलविद्युतमा जनताको स–साना पूँजी संकलन गरेर ठूल्ठूला काम गर्न सकिन्छ भन्ने विश्वासका सो कार्यक्रम सुरु गरिएको स्पष्ट पारे । उनले  सो अभियानलाई सफल बनाई छाडने संकल्प गर्दै त्यसमा लगानी गर्न पनि देश भित्र र बाहिर रहेका सबै नेपालीलाई आह्वान गरे । प्रधानमन्त्री ओलीले नेपाल उर्जाको धनी देश भएको उल्लेख गर्दै पानीको सदुपयोग गरेर सम्पन्न हुन पनि सो नयाँ अभियानको सुरु गरिएको पनि स्मरण गराए ।
भिडियोमा हेर्नुहोस् उक्त कार्यक्रम 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK