×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंकको आठौंं बार्षिकोत्सवमा ६० जनाले गरे रक्तदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेञ्चुरी बैंकको आठौंं बार्षिकोत्सवमा ६० जनाले गरे रक्तदान

२७ फाल्गुन २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकको आठौं वार्षिक उत्सवको उपलक्ष्यमा बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरियो । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल तथा ललितपुरस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रीय रक्तसञ्चार सेवाको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षण गरिएको हो । बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेत सहभागी उक्त शिविरमा थुप्रै जनाको निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रममा पनि ६० जना भए ।
साथै उक्त शिविरमा मुटु सम्बन्धि र हृदयघाट भएमा अपनाउनु पर्ने उपचार प्रविधिको बारेमा नर्भिक इन्टरनेशनल हस्पिटलका डा. यादवकुमार दियो भट्टले जानकारी गराए । उक्त कार्यक्रममा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा बैंकका सञ्चालकहरुको पनि उपस्थिति रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी