काठमाडौं – शिवम् सिमेन्टको ४१ लाख २० हजार कित्ता आइपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १०ः ३० बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा सर्वसाधारणलाई बिक्री गरेको ४१ लाख २० हजार कित्ता आइपीओ बाँडफाँट हुने तय भएको छ । यसमा ५१ हजार ८८२ जनाबाट ५१ लाख ८९ हजार ५६० कित्ताका लागि आवेदन परेको छ ।
यस्तै, आयोजना प्रभावित स्थानीयलाई ५ लाख ७९ हजार ६४० कित्ता आइपीओ खुला गरिएकोमा १ हजार ८९७ जनाले ४ लाख ८५ हजार ३०५ कित्ताका लागि आवेदन दिएका छन् । यसर्थ, स्थानीयले आवेदन नदिएको ९४ हजार ३३५ कित्ता सेयर सर्वसाधारणले पाउने गरी आवेदन बन्द गरिएको छ । सर्वसाधारणतर्फ माग भन्दा बढी आवेदन परेकाले उनीहरुलाई वितरण गर्न समस्या हुनेछैन ।
कम्पनीले कुल ४४ लाख कित्ता आइपीओ खुला गरेको मध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । यस्तै, सामूहिक लगानी कोषलाई पनि २ लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्रीमा ल्याएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्