×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको ३० लाख कित्ता ऋणपत्र फागुन ३० गतेदेखि आउँदै

PRIME CA

एनएमबि बैंकको ३० लाख कित्ता ऋणपत्र फागुन ३० गतेदेखि आउँदै

२१ फाल्गुन २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – एनएमबि बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ दरले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले ‘१०% एनएमबि डिबेन्चर २०८५’ नामक दस वर्षे अवधिको ऋणपत्रको व्याजदर १०% (डिवेञ्चर) जारी गर्ने भएको छ । बैंकले कुल ३० लाख कित्तामध्ये ११ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । ६० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
एनएमबिको ऋणपत्र निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । ऋणपत्रले ‘इक्रा एनपी एलए माइनस’ रेटिङ पाएको छ । यो रेटिङले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ । एनएमबि बैंकले यो ऋणपत्रमा वार्षिक १०% ब्याजदर दिनेछ । यसमा फागुन ३० गतेदेखि चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने चैत १४ गतेसम्म भर्न सकिनेछ । 
एनएमबि बैंकले हालै १०% बोनस सेयर र २०% नगद लाभांश दिएको थियो । बोनस सेयर वितरणपछि बैंकले पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार रुपैयाँ पुर्याएको छ । पछिल्लो समय बैंकहरुले लगानीका लागि अतिरिक्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । 
एनएमबिले पनि ऋणपत्र बिक्रीबाट उठ्ने रकममध्ये २ अर्ब २० करोड रुपैयाँ राष्ट्र बैंकबाट स्वीकृत क्षेत्रमा कर्जा लगानी गर्ने योजना बनाएको छ । यस्तै, २० करोड रुपैयाँ विपन्न वर्गामा कर्जा लगानी गर्ने, २० करोड तरलता व्यवस्थापन र ४० करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गर्ने उद्देश्य राखेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: