
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – समिट लघुवित्तले जागिर खान कर्मचारीको घर-जग्गा र सक्कली सर्टिफिकेटहरु बन्धक बनाउने गरेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि संस्था भित्रका अनेकौं काण्डहरु बाहिर आउन थालेका छन् । यसै पनि कर्मचारीलाई पीडा दिने, विदा नदिने, थर्काउने, धम्क्याउने लगायतका काम भएको गुनासो कर्मचारीहरुले नै गरिरहेका बेला संस्थामा जागिर छोड्दा कुन हदसम्मको धम्की आउँछ, र त्यसको प्रतिकार गरेपछि फेरी कसरी आफ्नो गल्ती सच्याइन्छ भन्ने प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ ।
राजीनामा दिँदा बर्खास्तीको पत्र !
एक कर्मचारीले संस्थामा काम गर्ने वातावरण नै नभएपछि प्रक्रिया पुर्याएर राजीनामा गरे । २०७५ बैशाख ६ गते उनले राजीनामा दिए । एक हप्तामा स्वीकृत गरिदिन्छु भनिएको थियो । एक हप्तामा राजीनामा स्वीकृत नभएपछि पुन: उनले फलोअप गरे । पछी १५ दिनमा गरिदिन्छौं भन्ने आयो । घरमा उनकी हजुरआमा सार्है बिरामी भएको खबर आएपछि उनीसँग विकल्प थिएन । राजीनामा स्वीकृत हुने छाँटकाँट पनि देखिएन । त्यसपछि संस्थामा सम्बन्धित व्यक्तिलाई जानकारी गराएर उनी घर आए । तर केहि समयपछि उनलाई सेवाबाट हटाइएको भन्ने पत्र आयो । ‘आफैंले राजीनामा दिएको छ, सेवाबाट कसरी हटाइयो ?’ भनेर उनले कुरो के रहेछ भनेर बुझे । ‘पछि बुझ्दा राजीनामा दिएको झोकमा राम्रो काम गर्ने कर्मचारी नभएको झोकमा उनले अन्त प्रतिष्पर्धीकहाँ जान्छ भनेर भाग्यो भन्ने अफवा फैलाएका रहेछन्। ‘पीडीत कर्मचारीले भने।

१० मिनेट सम्झाएपछी ‘एक्सपिरिएन्स लेटर’ !
सीइओको ज्यादती अति भएको भन्दै ती पीडीत कर्मचारी केहि साक्षीहरु सहित सीइओलाई आफुलाई किन हटाइएको पत्र काटियो भन्ने प्रश्न गर्न पुगे । सीइओले सुरुमा जागिर छोड्नु र हटाइनु उस्तै हो भनेर बाङ्गो जवाफ दिए । पछि किन भागेको भनेर उल्टै थर्काए । हजुरआमा बिरामी हुँदा पनि विदा नपाइने जागिर के काम भनेर उनले राजीनामा दिइसकेको स्थितिमा संस्थाका सम्बन्धित व्यक्तिलाई जानकारी गराएर नै हिंडेको उनको भनाइ छ । सीइओले सार्है गैरजिम्मेवार जवाफ दिएपछी त्यहाँ भनाभन भयो । संगै गएका साक्षीले पनि सीइओको गल्तीलाई च्यापे । उनले सीइओको गल्ती भएको भन्दै सम्झाए । सीइओको नैतिकतामा पनि प्रश्न उठाए । अन्तमा केहि सीप नलागेपछि सीइओले गल्ती स्वीकारे । सेवाबाट हटाइएको पत्र त्यहीं च्यातिदिए र उनलाई राम्रो अनुभवपत्र (एक्सपिरिएन्स लेटर) दिए । पीडीत कर्मचारीका अनुसार अहिले पनि अन्य बैंक तथा वित्तीय संस्थाबाट फोन आयो भने उनले ‘फलानो काम बिगारेर हिंडेको हो, हामीले निकालेका हौँ’ भन्नेजस्ता कुराहरु गरिदिएर करियरमै आँच आउने काम गरिरहेका छन् । उनका अनुसार संचय कोष भनेर पैसा काटिएको छ तर उक्त रकम संचय कोषमा पुगेको छैन ।

राणा शासनजस्तै बन्द कोठामा दिन लगाइन्छ राजीनामा
यता कर्मचारीहरुले समिट लघुवित्तमा राणा शासन जसरी बन्द कोठामा राजीनामा दिन लगाइनेसमेत आरोप लगाएका छन् । ‘ सीइओको ज्यादती अति भएको भन्दै कर्मचारी युनियन बनाउने प्रक्रियामा केहि साथीहरु लागेका थिए । यो प्रजातान्त्रिक अभ्यास पनि हो । तर जो-जो साथीहरु यो प्रक्रियामा लागे सबैलाई बन्द कोठामा बोलाएर राजीनामा लेख्न लगाइयो । नलेखे करियर सिध्याईदिन्छु भनेर धम्काइन्छ । आफुले लेखेको राजीनामाको फोटोसमेत खिच्न दिइदैन । उनीहरुले भनेको बेला राजीनामा लेख्नुपर्छ । त्यो पनि स्वीकृत हुन धेरै समय लाग्छ । रिलिज लेटर दिन आनाकानी गरिन्छ । रिलिज लेटर नभई अन्त जागिर खान नसकिने हुनाले समस्या हुन्छ ।’ पीडीत कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।
सीइओ भन्छन्, ‘हटाएको र निस्केको उस्तै त हो नि ! ढाँटेर जानेलाई के गर्नु त ?
यस विषयमा हामीले संस्थाका सीइओ देवेन्द्र बहादुर बस्नेतलाई सम्पर्क गरेका थियौं । उनले सम्बन्धित कर्मचारीलाइ सेवाबाट हटाएको पत्र काटेको स्वीकार गरे । अझ उनले राजीनामा दिएकालाइ हटाएको भनेर पत्र लेख्दा के बिग्रियो र भन्ने प्रतिप्रश्नसमेत गरे । ‘राजीनामा दिएको मान्छेलाई हटाइयो भन्नु हटाइएको त हो नि !’ उनको गैरजिम्मेवार जवाफ आएपछि हामीले सोध्यौं, ‘राजीनामा पनि दिन पाइन्न र ?’ उनले भने, ‘राम्रो संग काम छोड्न पाइन्छ । ती भाइ जसको कुरा तपाईं गर्दै हुनुहुन्छ, उहाँले गैरजिम्मेवार भएर काम गर्नुभयो । हजुरआमा खस्नु भयो भनेर हिड्नु भयो । तर हजुरआमा खसेको पनि होइन रहेछ । कर्मचारीले पनि आफ्नो जिम्मेवारी त पूरा गर्नु पर्यो नि ।’ उनले राम्रोसँग काम गर्नेलाई कार्यालयले वा आफुले दुख दिएको भए आफु क्षतिपूर्ति तिर्न समेत तयार भएको बताए । ‘राम्रोसँग बिदा हुने कर्मचारीलाई हाम्रो कुनै पनि समस्या छैन । त्यस्ता कर्मचारीलाई दुख दिएको ठहर भए म क्षतिपूर्ति तिर्न तयार छु ।’ यता सेवाबाट हटाइएको व्यक्तिलाई फेरि राम्रो काम गरेको भनेर सर्टिफिकेट किन दिएको भन्ने प्रश्नमा भने उनले कुरा मोडेर केहि बताएनन् ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्