काठमाडौं – युनिभर्सल पावर कम्पनीको आइपीओ बुधबार (फागुन १५ गते) बाँडफाँट हुने भएको छ । कम्पनीको कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओमा ९२ लाख ४५ हजार ७४० कित्ताका लागि आवेदन परेको छ ।कम्पनीको उक्त आइपिओम १ लाख ७ हजार १५९ जनाले आवेदन दिएका छन् ।
कम्पनीले माघ २५ गतेदेखि फागुन ८ गतेसम्म सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४९२ कित्ता आइपीओ बिक्री खुला थियो। यस आधारमा रितपूर्वक आवेदन दिने सबैले सेयर पाउने भएका छन् । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १७ लाख ६६ हजार १५० कित्तासमेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
कम्पनीले दोलखा जिल्लामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको अनुमानित लागत २ अर्ब ४ करोड ६० लाख रुपैयाँ छ । कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसको जारी पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्