×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओम डेभलपमेन्ट बैंकले दियो विद्यार्थिहरुलाई वित्तीय क्षेत्रको बारेमा प्रशिक्षण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ओम डेभलपमेन्ट बैंकले दियो विद्यार्थिहरुलाई वित्तीय क्षेत्रको बारेमा प्रशिक्षण

Artha Sarokar

३ फाल्गुन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ओम डेभलपमेन्ट बैंकले आफ्ना बिभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत बिद्यार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका प्रतिनिधिहरुद्धारा बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी गराएको हो ।
बैंकका सहायक महाप्रबन्धक दुर्गा राम पुरी र भरतपुर र टाँडी शाखाका शाखा प्रबन्धकहरुले वचत तथा ऋण लगानीसँग सम्बन्धित विविध विषयमा चितवनको भरतपुरमा रहेको नयाँ किरण मा.वि.मा अध्ययरत बिद्यार्थीहरु लाई जानकारी गराएका थिए । त्यसैगरी पोखरा महानगरपालिका वडा नं २६ मा अवस्थित लक्ष्मी मा.वि मा मुख्य शाखाका प्रबन्धक सुदिप पौडेल र सोही महानगरपालिकाको वडा नं २८ मा अवस्थित जनज्योति मा.वि.मा अध्ययनरत बिद्यार्थीहरुलाई बैंकका मुख्य प्रबन्धक माधव अधिकारीले वित्तीय क्षेत्रका बारेमा जानकारी गराइएको बैकका प्रमुख कार्यकारी विश्व मोहन अधिकारीले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी