
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कम्बोडिया पठाइदिन्छु ३९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीले मकवानपुर वागमती गाउँपालिका–८ भवानचुली बस्ने २४ वर्षीय विजय भन्ने आयुष मोक्तानलाई पक्राउ गरेको हो । मोक्तानलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट शुक्रबार पक्राउ गरेको हो ।
उनले काभ्रे पाँचखाल नगरपालिका–८ चिसापानी बस्ने ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’ मा काम लगाईदिने प्रलोभनमा पार्दै उनीहरूबाट ३९ लाख रुपैयाँ लिएर सम्पर्क विहिन भएका थिए । थप अनुसन्धानका लागि उनलाई वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्