काठमाडौ – सहारा विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ३५.२१% वृद्धि गरि १ करोड १५ लाख ४३ हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले खुद नाफा ८५ लाख ८७ हजार रुपैयाँ मात्र आर्जन गरेको थियो ।
बैंकले खुद ब्याज आम्दानी १ करोड ५६ लाख ५८ हजार रुपैयाँमा आर्जन गरेको छ । यो आम्दानी गत वर्षको तुलनामा ५.६६% ले कम हो। गत वर्ष बैंकले १ करोड ६५ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले सञ्चालन नाफा १ करोड १५ लाख ४३ हजार रुपैयाँँ पुगेकोे छ ।
यो दोस्रो त्रैमासमा बैंकले ६८ करोड ८४ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५९ करोड ३४ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी १६ करोड ३३ लाख ६६ हजार रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ४ करोड ७० लाख ५० हजार रुपैयाँ छ ।
बैंकको खराब कर्जा १.३६% रहेको छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ३० पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्