काठमाडौं – राष्ट्रिय बिमा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ५४.७९% ले घटेको छ। गत वर्ष कम्पनीले ३७ करोड २५ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले कर्जा तथा अन्य लगानीबाट गत वर्ष ४२ करोड ४८ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको थियो । तर यस्तो आम्दानी अहिले १३ करोड २८ लाख ४८ हजार रुपैयाँमा खुम्चिएको छ । यस्तै, गत वर्ष आयकरमा ५७ लाख २९ हजार रुपैयाँ मात्र खर्च गरेको यस इन्सुरेन्सले अहिले आयकरका लागि ७ करोड ७४ लाख ६३ हजार रुपैयाँ व्यवस्था गरेको छ ।
कम्पनीले २५ करोड ६७ लाख २५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । पुनर्बिमा कमिसनबाट १२ करोड ६४ लाख २९ हजार रुपैयाँ आम्दानी भएको छ । कम्पनीले कुल ४ करोड ४ लाख ९० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २ अर्ब १५ करोड ४८ लाख ८० हजार रुपैयाँ रहेको छ । बिमा कोषमा पनि १ अर्ब ४३ करोड ६५ लाख ४९ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२६ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ ९०८ रुपैयाँ १६ पैसा छ । गत वर्ष यसै अवधिमा प्रतिसेयर आम्दानी १३९ रुपैयाँ ७० पैसा थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्