काठमाडौँ – एनएलजी इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ८ करोड ४५ लाख ०९ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ७.६०% ले धेरै हो । गत वर्ष कम्पनीको खुद नाफा ७ करोड ८५ लाख ३४ हजार रुपैयाँ थियो ।
कम्पनीको खुद बिमा शुल्क २.०९% ले घटेको छ । गत वर्ष ३६ करोड ५६ लाख ९३ हजार रुपैयाँ खुद बिमा शुल्क कमाएको कम्पनीले यस त्रैमासमा ३५ करोड ८० लाख २६ हजार रुपैयाँमा सिमित रहेको छ । कम्पनीले १२ करोड ४० लाख १५ हजार रुपैयाँ पुनर्बिमा कमिसनबाट आम्दानी गरेको छ ।
यो दोस्रो त्रैमासमा कम्पनीले २३ करोड ४८ लाख ५० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ७४ करोड ७४ लाख ४३ हजार रुपैयाँ दाबी भक्तानी हुन बाँकी रहेको छ । बिमा कोषको आकार पनि २०.८०% वृद्धि भएर ७४ करोड ९७ लाख २१ हजार रुपैयाँ पुर्याएको छ ।
हाल एनएलजीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार रुपैयाँ छ भने जगेडा कोषमा १६ करोड ४२ लाख ८० हजार रुपैयाँ जम्मा पारेको छ । महाविपत्ति जगेडामा पनि कम्पनीले ५ करोड ४६ लाख १ हजार रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ २५१ रुपैयाँ २५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्