काठमाडौं – शिखर इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ७.७९% ले बढोत्तरी गरि २१ करोड २० लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यसले १९ करोड ६६ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो दोस्रो त्रैमासमा कम्पनीले ९० करोड ४९ लाख ५० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ। यो गत वर्षको तुलनामा ४.४९% ले धेरै हो । गत वर्ष ८६ करोड ५९ लाख ८२ हजार रुपैयाँमात्र खुद बिमा शुल्क आर्जन भएको थियो ।
कम्पनीले बिमा कोषको आकार पनि ३०.४५% ले वृद्धि गरेर ९५ करोड ७१ लाख ९५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बिमा कोषमा ७३ करोड ३७ लाख २१ हजार रुपैयाँ थियो । यता, कम्पनीले ७४ करोड ४ लाख २५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ७३ करोड ४८ लाख ९३ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको देखिन्छ ।
चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ८७ लाख ९५ हजार ८५६ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ १ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्